ANFA सातौं गोलबजार मेयर गोल्डकप शुरुः बागमतीको विजयी शुरुवात
गोलनेपाल

गोलबजार । बिहीबारदेखि शुरु सातौ गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आज भएको उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाही बिजयी भएको छ । बागमतीले गोलबजार स्पोर्ट्स क्लब, सिराहालाइ २-१ ले हराउदै सेमिफाइनल प्रबेस गरेको छ ।

बागमतीको जितमा जर्सि नम्बर ८ का राजु लामा र जर्सि नम्बर ११ का कपिल मगरले एक एक गोल गरे उता प्रराजित टोलिका लागि जर्सि नम्बर २३ का सनम थापाले सान्त्वना गोल फर्काएका थिए ।

गोल बजारले पहिलो हाफमा अबसर धेरै प्राप्त गरे पनि गोल बजारका खेलाडी पुस्पा राज चौधरीले पाएको २ वटा अबसर सदुपयोग गर्नु सकेनन । तेसलगतै जर्सी नम्बर १२ का सिदात लामाको प्रहार वान भर्सेस वानको स्थितिमा चुकाउन पुगे बागमतीले पहिलो हाफमा २ वटा अबसर लाई सदुपयोग गर्दै २:० को अगता बनाएको थिए ।

दोस्रो हाफमा आक्रमण भएको बाग्मती ले जर्सी नम्बर १७ का कृष्ण मगरको ले पाएका दुई वटा चान्सलाइ सदुपयोग गर्नु नसक्दा तेब्बर अगता लिनु बाट चुक्नु पुग्यो तेसलगै गोल बजारले पेनाल्टी प्राप्त गरेतापनि कप्तान सुजन पुलामी चुक्नु पुगे बाग्मतिका गोल किपरले रबिन बस्नेत पेनाल्टी रोकिदिएका थिए ।

गोल बजारले खेलको अन्तिम मिनेट ९० +३ का सुजन पुलामिको फ्री किक गोल किपरले बाहिर पन्च गर्नु खोज्दा आएको बलमा गोल बजारका जर्सी नम्बर २३ सनम मगरले गोल गरेर फर्काउन खोजेका थिए तर त्यसपछि गोल नभए पछि बागमती २:१ ले बिजयी हुँदै सेमिफाइनल प्रवेश गर्यो । खेलमा बागमतीका राजु लामा म्यान अफ द म्याच चुनिए ।

गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गोलबजार, सिरहाको आयोजनामा शुरु भएको प्रतियोगिताको फाइनल खेल यही चैत २२ गतेका दिन हुनेछ ।

Post Comments