ANFA न्यु एकता सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । उत्कृष्ट जितका साथ न्यु एकता क्लब, पाल्पा यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु एकताले दोस्रो क्वाटरफाइनलतर्फ नेगोसिदा क्लब, बुटवल, रुपन्देहीलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा न्यु एकताका लागि मिसन दर्लामीले दुई गोल गरे । थप एक गोल भने थप एक गोल जिवन सिङ्जालीले गरे । उता पराजित नेगोसिदाका लागि एक मात्र गोल रिम्बा सुनारले फर्काएका थिए ।

खेलमा दुई गोल गरेका न्यु एकताका मिसन दर्लामी म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत चैत १७ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक न्यु युथ युनियन क्लब बी, पाल्पा र चापाकोट युनाइटेड, स्याङ्जा बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments