Gorkhalis Abroad हिमालयन कप भेट्रान र सुपर भेट्रान फुटबल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । स्थापनाकालको २५औं वार्षिकोत्सवको अवसरमा हिमालयन फुटबल क्लबले बेलायतमा रहेका नेपालीहरुबीच आउँदो १७ जुन शनिबारका दिन हिमालयन कप भेट्रान तथा सुपर भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बेलायतमा रहेका नेपालीहरुबीच खेलकुदको माध्यमबाट भाईचारा, आत्मियता र एकता कायम गर्ने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगिता भेट्रान र सुपर भेट्रान गरी दुई श्रेणीमा प्रतियोगिता हुने आयोजकले जानकारी दियो ।

भेट्रानतर्फ ३८ वर्ष पूरा गरेका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् भने सुपर भेट्रानतर्फ ४५ वर्ष पूरा गरेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

त्यस्तै भेट्रानतर्फ टिमदर्ता शुल्क २ सय पाउण्ड तोकिएको छ भने सुपर भेट्रानतर्फ १५० पाउण्ड टिमदर्ता शुल्क तोकिएको आयोजक क्लबका कुमार थापाले बताए ।

टुडोर पार्क स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको भेट्रानतर्फको विजेताले उपाधिसहित १०२५ पाउण्ड हात पार्नेछ भने उपविजेताले ५२५ पाउण्डसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सुपर भेट्रानतर्फको विजेताले उपाधिसहित ५२५ पाउण्ड हात पार्नेछ भने उपविजेताले ३२५ पाउण्डसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments