News लिगेसी कप फुटसल हँुदै
गोलनेपाल

काठमाडौं । लिगेसी क्लबको आयोजनाा आउँदो अगस्त १७ तारीख (भदौ १ गते) का दिन लिगेसी कप +२ फुटसल प्रतियोगिता हुने भएको छ ।

पेप्सीकोला स्थित रोयल नेपाल फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३००० तोएिको पनि आयोजकले जानकारी दियो ।

मन्त्र चिया एण्ड खाजा घरको प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साथै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर +977 980-8266407 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

Post Comments