झापा । मोफसलको सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता ‘झापा गोल्डकप’ले सातौं संस्करणलाई निवर्तमान अध्यक्ष स्व. विनोद बस्नेतको स्मृतिमा समर्पण गरिने भएको छ ।
झापा गोल्डकपले सातौं संस्करणको नाम स्व. विनोद बस्नेत स्मृति झापा गोल्डकप रहने निर्णय गरेको हो । शनिबार बसेको बैठकले सर्वसम्मतरुपमा बस्नेतको स्मृतिमा गोल्डकप गर्ने निर्णय गरेको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।
छैठौं संस्करण सम्पन्न गर्न स्व. बस्नेतले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनको स्मृतिमा सातौं संस्करण समर्पित गर्ने निर्णय भएको अध्यक्ष गिरीले जानकारी दिए ।
सातौं संस्करणका लागि अखिल नेपाल फुटवल संघ (एन्फा)सँग समय तालिका माग गर्न पत्राचार गर्ने निर्णयसमेत गरेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । त्यस्तै बैठकले स्थानीय पालिकाहरुसंग समन्वय गर्न कार्यसमिति सदस्य बिशन लिम्बूलाई जिम्मेवारी दिएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा