News ४४औं जनचेतना रनिङ शिल्डः प्रोग्रेसिभ फाइनलमा, उपाधिका लागि झुम्कासँग भिड्ने
गोलनेपाल

घोघिदाहा भवानीपुर । प्रतिस्पर्धात्मक जितका साथ प्रोग्रेसिभ युथ क्लब, सप्तरी यहाँ जारी ४४औं जनचेतना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा प्रोग्रेसिभले बिराटनगर स्पोर्टस एकेडेमी, मोरङलाई ३–२ ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।

जनचेतना माविको खेलमैदानमा भएको खेलमा प्रोग्रेसिभका लागि योगेन कार्कीले ह्याट्रिक गरे । उता पराजित बिराटनगर स्पोर्टसका लागि भने हरी खवासले दुई गोल गरे ।

खेलमा ह्याट्रिक गरेका प्राग्रेसिभका योगेन कार्की खेलको म्यान अफ दि म्याच घोषित भए । प्रोग्रेसिभले अब कार्तिक १६ गते हुने फाइनलमा झुम्का फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि भिड्नेछ ।

महुली ११ स्पोर्टस क्लब, घोघिदाहा भवानीपुर, सप्तरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।

Post Comments