महुली । महुली फुटबल क्लब, महुली सप्तरीको आयोजनामा सञ्चालन भइरहेको दोस्रो महुली गोल्डकप फुटबल प्रतियोगिता २०८२ अन्तर्गत प्रतियोगिताको तेस्रो दिन तेस्रो खेल सम्पन्न भएको छ।
तेस्रो खेलमा गोलबजार स्पोर्ट्स क्लब, सिराहाले ब्रदर्श एफसी सिन्धुली बिरुद्ध ४–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
खेलको पहिलो हाफको सुरुवाती समयको तेस्रो मिनेटमा ब्रदर्श एफसीका रिसब धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि सातौँ मिनेटमा गोलबजार स्पोर्ट्स क्लबका करण चौधरीले बराबरी गोल फर्काए। २३औँ मिनेटमा गोलबजारकै तर्फबाट भुवन लामाले अर्को गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २८औँ मिनेटमा ब्रदर्श एफसीका मन्दिप ढुङ्गेलले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए।
३८औँ मिनेटमा गोलबजार स्पोर्ट्स क्लबका लागि समिर राईले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। दोस्रो हाफको निर्धारित समयको अन्तिम ५८औँ मिनेटमा अभिषेक खड्का ले निर्णायक गोल गर्दै गोलबजार स्पोर्ट्स क्लबलाई ४–२ को गोल अन्तरले जित दिलाए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलबजार स्पोर्ट्स क्लबका अभिषेक खड्का ‘म्यान अफ द म्याच’ घोषित हुँदै उनले नगद रु १,५०० सहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको विजेता टोलीले नगद रु १,०१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु ५१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रत्येक खेलाडीलाई नगद रु २,१०० सहित ट्रफी प्राप्त गर्नेछन्।प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुने तालिका रहेको छ।


- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा