News बिराटनगर स्पोर्टस एकेडेमी दोस्रो गोर्खा खुकुरी कपको सेमिफाइनलमा
गोलनेपाल

धरमपुर । बिराटनगर स्पोर्टस एकेडेमी, बिराटनगर, मोरङ सप्तरीमा जारी दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलमा बिराटनगर स्पोर्टस एकेडेमीले गोलबजार युनाइटेड क्लब, गोलबजार, सिरहालाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बिराटनगर स्पोर्टसको जितमा निशान लिम्बु र बिकास खवासले गरे । उता पराजित गोलबजारका लागि भने विश्वास राईले गोल फर्काएका थिए । खेलमा बिराटनगरका निशान लिम्बु म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २७ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक रिभर साइड युवा क्लब, धरमपुर, सप्तरी र शान्ति युवा क्लब, इटहरी, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

रिभरसाईड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्सिट्रम इनर्जी ड्रिक्सको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

 

Post Comments