धरमपुर । उत्कृष्ट जित हात पार्दै सोमबारे फुटबल क्लब, चतरा, उदयपुर सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा सोमबारेले आयोजक रिभर साइड युवा क्लब, धरमपुर, सप्तरीलाई ३–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । सोमबारेको जितमा दिपेश तामाङले दुई गोल गर्दा थप एक गोल कृष्ण राईले गरे । खेलको म्यान अफ दि म्याच सोमबारेका दुई गोलकर्ता दिपेश तामाङ नै चुनिए ।
प्रतियोगिता अन्तर्गत फागुन १ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल गेरबाबा फुटबल क्लब, अर्जुनधारा, झापा र बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
रिभरसाईड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्सिट्रम इनर्जी ड्रिक्सको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा