News बर्दियामा पालिका स्तरीय फुटबल हुँदै
गोलनेपाल

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८, स्यालीबजार, बर्दियाको आयोजना प्रथम जिल्ला पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि मंसिर २१ गतेदेखि बढैयाताल–८, स्यालीबजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् ।

बर्दिया जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख तथा उपविजेताले ६० हजार हात पार्नेछ । साथै व्यक्तिगत विधातर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल मंसिर २८ गतेका दिन हुनेछ ।

Post Comments