News आयोजक सेतो र चन्द्रगढी बिर्तामोड भेट्रान्स फुटबलको फाइनलमा
रमेश समदर्शी

बिर्तामोड । आयोजक सेतो र चन्द्रगढी भेट्रान्स क्लब झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलो टिमलाई १-० गोलले पराजित गर्दै चन्द्रगढीले फाइनलमा स्थान सुरक्षित गरेको हो । चन्द्रगढीका लागि सुबास खड्काले गरेको गोल नै निर्णायक बनेको हो । खेलको प्लेयर अफ दी म्याच चन्द्रगढीका गोलकिपर रुपक गुरुङ भए । उनले नगद १ हजार ५ सय पाए ।

डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा दमक भेट्रान्स क्लबलाई ३-१ गोलले पराजित गर्दै आयोजक सेतोले फाइनलमा स्थान पक्का गरेको हो । आयोजकका लागि विशाल राई, भूपेन लिम्बू र कन्याज गुरुङले गोल गरेका हुन् ।

दमक भेट्रान्सका लागि भने दिपेन गिरीले सान्त्वना गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच आयोजक सेतोका विशाल राई भए । उनले नगद १ हजार ५ सय पाए । फाइनल खेल वैशाख २६ गते हुनेछ ।

Post Comments