News सलहेश नवौं गोलबजार मेयर गोल्डकपको फाइनलमा
गोलनेपाल

गोलबजार । प्रतिस्पर्धात्मक जितका साथ सलहेश युवा क्लब, सिरहा घरेलु जिल्ला मै जारी नवौं गोलबजार मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा सलहेशले राष्ट्रिय जागृति क्लब, इटहरीलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा अनिल मगरको गोलबाट सलहेशले नै अग्रता बनाएको थियो । यद्यपि फागुराम थारुले राष्ट्रिय जागृतिका लागि बराबरी गोल फकाृए । खेल रोमाञ्चक मोडमा रहेकी बेला फिलिपले सलहेशका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा निर्णायक गोल गरेका सलहेशका फिलिप नै म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र २८ गते शनिबारको दोस्रो सेमिफाइनल खेल चात्या सा फुटबल क्लब, झापा र ब्रदरहुड फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।

 

Post Comments