News
सगरमाथा भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा
केराबारी । मोरङ केराबारी ६ सतीशालेमा जारी प्रथम भेट्रान्स फुटबल प्रतियोगितामा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा सगरमाथा भेटरन्स फुटबल क्लब धरानले बेलबारी भेटरन्स क्लबलाई १–० ले हराउँदै सगरमाथा भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सगरमाथाको जितमा खेलको अन्तिम मिनेटमा पदम राईले एक मात्र निर्णायक गोल गरेका थिए। र म्यान अफ द म्याच पनि पदम राई नै घोषित भए ।
प्रतियोगितामा असोज २४ गते शनिबार दोस्रो क्वार्टरफाइनल खेल पथरी शनिश्चर्य भेट्रान्स फुटबल क्लब र राजावास फुटबल क्लब बीच दिउँसोको ठिक ३ बजे हुनेछ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज ३० गतेका दिन हुनेछ ।
Post Comments