
काठमाडौं । भारतीय फुटबलमा कान्छा प्रशिक्षकका रुपमा चर्चा बटुलेका यान ल खुकुरी नेपाल सुपर लिगमा बिराटनगर सिटी एफसीको जिम्मेवारी नेपाल आइ पुगेका छन् ।
स्मरण रहोस, २८ बर्षिय यानले हालै आइ लिग क्लब एजेवालको जिम्मेवारी सम्हालेका थिए । जहाँ नेपालका चर्चित फरवार्ड अभिषेक रिजालले पनि खेलेका थिए । त्यसअघि यानले मोहम्मदन एससीको जिम्मेवारी पनि सम्हालेका थिए र क्लबलाई आई लिगमा बढुवा समेत गराउन सफल भएका थिए ।
नेपाल आइपुगेका यानलाई बिराटनगर सिटी एफसीका पदाधिकारीहरुले स्वागत गरे । स्मरणीय छ, बिराटनगरको मार्की खेलाडीमा नेपालका चर्चित डिफेन्डर रजित धिमाल छन् । साथै क्लबमा चर्चित मिडफिल्डर सुनिल बल पनि छन् भने क्लबले हालै स्पेनिस खेलाडी पेड्रोजलाई पनि अनुवन्ध गरेको थियो ।
यहि बैशाख ११ गतेदेखि शुरु हुन गईरहेको सुपर लिगमा बिराटनगरले आफ्नो पहिलो खेल १२ बैशाखका दिन धनगढी एफसीसँग खेल्दैछ । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा एन्फाको प्राविधिक सहयोग रहने लिगको सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । समापन खेल भने जेठ १ गतेका दिन हुनेछ ।
(तस्विरः बिराटनगर सिटी एफसी)
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय