News दोस्रो त्रिवेणी–दुम्किबास जनता मार्ग कप शुरु
गोलनेपाल

सुस्ता । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ बर्दघाट सुस्ता पुर्ब नवलपरासीको बिनय त्रिबेणीमा दोस्रो त्रिबेणी–दुम्किबास जनता मार्ग कपको नकआउट फुटबल प्रतियोगितासुरु भएको छ ।

त्रिवेणी गाउँपालिका–६ बुद्धनगर साहुमारा स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक आशा स्मृति युवा क्लब (ए) ले विजयी शुरुवात ग–यो । उद्घाटन खेलमा आयोजक आशा स्मृतिले जरलैया युवा क्लब, नरसहीलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

आशा स्मृतिको जितमा एरोन गुरुङ र सन्देश थापाले गोल गरे । उता पराजित जरलैयाका लागि कमल गुरुङले एक मात्र सान्त्वना गोल फर्काउका थिए । यो जितसँगै आशा स्मृति प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

बिनय त्रिबेणी ६ स्थित आशा स्मृति युवा क्लब, बुद्धनगर साहुमाराको आयोजकना तथा बिनय त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोग र युथ मल्टी एग्रीकल्चर प्रा. लि.को सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच बिनय त्रिबेणी गाउँपालिकाका अध्यक्ष डम्बर ब. जिसि, दोस्रो त्रिबेणी दुम्किबास जनता मार्ग कप खेलकुद समितीका अध्यक्ष चेत ब. शारु मगर, बिनय त्रिबेणी गाउँपालिकाका उपाध्यक्ष श्रीमती मिना राना लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा बिनय त्रिबेणी वडा न १ का वडाध्यक्ष अजित कु.थापा, वडा न ६ का वडाध्यक्ष पृतम ब.गुरुङ वडा न ७ का वडाध्यक्ष गोपाल ब. क्षेत्री लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।


यहि बैशाख २० गतेसम्म चल्ने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएको आयोजक समितिका सचिव पिकोल थापा मगरले बताए । उनले स्थानीय तह र स्थानीय खेलाडीहरुको क्षमता विकास र अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

Post Comments