News धनकुटामा पहिलोपटक भेट्रान कप हुँदै
राजकुमार श्रेष्ठ

धनकुटा । पुर्वेली शहर धनकुटामा पहिलो पटक भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि हुन लागेको प्रतियोगिता धनकुटाको तल्लो टुंडिखेल मैदानमा हुनेछ ।

धनकुटा फुटबल क्लबको आयोजनामा यहि असोज १८ देखि २३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद रु ४०००० संगै खसी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु २०००० संगै लोकल कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भईसकेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

Post Comments