News गोंधुली रनिङ कपको तयारी पूरा
गोलनेपाल

धरान । पूर्वी नेपालकै पुरानो मध्ये एक २०औं गोधुली रनिङ कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता यहि पौष १९ गते आइतबारदेखि शुरु हुने भएको छ । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जनाएको छ ।

धरान–१६ स्थित प्रादेशि रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल भने माघ ४ गतेका दिन हुनेछ । गोधुली कप धरानको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताको पुरस्कार राशीमा पनि यसपटक बृद्धि गरिएकोे छ ।

यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । साथै प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साथै आयोजकले यस वर्षदेखि नयाँ प्रयोगका रुपमा प्रतियोगितामा सहभागिता जनाउने टोलीले आफ्नो वडामा केही सामाजिक कार्य गरेको हुनुपर्ने समेत बताएको छ । स्मरण रहोस, गत वर्ष वडा नम्बर १७ ले गोधुली कपको उपाधि जितेको थियो ।

 

 

Post Comments