News साविक विजेता पिप्ले अन्तिम चारमा
रमेश समदर्शी

बागमती । डिफेन्डिङ च्याम्पियन पिप्ले युथ क्लब, हेटौडा यहाँ जारी छैठौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा हिमालयन शेर्पा क्लबमाथि ०–३ को प्रभावशाली जित निकाल्दै पिप्ले अन्तिम चारमा प्रवेश गरेको हो । स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलको १५औं मिनटमा रुपक लामाले पिप्लेका लागि गोलको खाता खोलेका थिए ।

खेलको ४९औं मिनटमा कुलदिप कार्कीले त्यो अग्रता दोब्बर पारे । त्यस्तै खेलको इन्जुरी समयमा ऋतिक खड्काले तेस्रो गोल गर्दै मकवानपुरे टोलीको शानदार जित पक्का गरेका थिए ।

खेलमा पिप्लेका रुपक लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ७ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल सुदुरपश्चिम–११ एफसी र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती युवा क्लब र बागमती नगरपालिका, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १३ गतेका दिन हुनेछ ।

Post Comments