News वाल्मिकी र नेपाल राष्ट्रिय मावि सेमिफाइनलमा
गोलनेपाल

बसन्तपुर । वाल्मिकी शिक्षा सदन, भरतपुर र नेपाल राष्ट्रिय मावि, बिरगंज यहाँ जारी पाँचौं माडी कप अन्तरविद्यालय यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमा बुधबार भएको दोस्रो क्वाटरफाइनलमा वाल्मिकीले ब्लु बर्ड इ.बो. स्कुललाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा वाल्मिकीका अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै बुधबार नै भएको तेस्रो क्वाटरफाइनलमा नेपाल राष्ट्रिय माविले सपना स्कुल, सौराहलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । खेलमा नेपाल राष्ट्रिय माविका शेख मोहमद फरान अख्तर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत जेठ १२ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नेपाल एपिएफ स्कुल, काठमाडौं र दिव्य कालिका इ.बो. स्कुलबीच हुने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि जेठ १५ गतेका दिन हुनेछ ।

Post Comments