News उपाधिका लागि दिवाकर स्मृति र एपिएफ स्कुल भिड्ने
गोलनेपाल

बसन्तपुर । यहाँ जारी पाँचौं माडी कप अन्तरविद्यालय यु–१५ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा दिवाकर स्मृति मा.वि., माडी र नेपाल एपिएफ स्कुल, काठमाडौं भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा दिवाकर स्मृतिले नेपाल राष्ट्रिय मा.वि., बिरगंजलाई ३–१ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । खेलमा दिवाकर स्मृतिका निशान बोट म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा एपिएफ स्कुलले वाल्मिकी शिक्षा सदन, भरतपुरलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा एपिएफका रोहित गोले म्यान अफ द म्याच घोषित भए ।

अब प्रतियोगिताको फाइनल खेल जेठ १५ गतेका दिन नेपाल एपिएफ स्कुल र दिवाकर स्मृति मा.वि. बीच हुने आयोजकले जनाएको छ । बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

Post Comments