News आर्मीको शिर्ष स्थानमा उक्लिने अवसर गुम्यो
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको छैटौ चरणको अन्तिम खेलमा नेपाल आर्मी क्लब दश खेलाडीमा सिमित हुँदै बराबरीमा रोकिएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको एक मात्र खेलमा आर्मीले संकटासँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । खेलको २८औं मिनटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता बनाएको आर्मीले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

नवयुगले सन्तोष तामाङको क्रस पासमा हेडद्वारा सुन्दर गोल गरेका थिए । यद्यपि दोस्रो हाफमा आर्मी दश खेलाडीमा सिमित हुन पुग्यो । विपक्षी खेलाडीलाई फल गरेपछि आर्मीका युद्ध शाहीले ५४औं मिनटमा रातो कार्डको सामना गर्नुपर्यो ।

त्यसको एक मिनट लगतै संकटाका लागि अमित तामाङले पेनाल्टीबाट बराबरी गोल गरे । जुन संकटाको हार टार्न प्रर्याप्त बन्यो । खेलमा आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ द म्याच घोषित भए िउनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

यो बराबरी नतिजासँगै ६ खेलबाट आर्मीको १३ अंक छ र लिगतालिकाको दोस्रो स्थानमा छ । साथै आर्मीले ्मच्छिन्द्रलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिने अवसर समेत गुमाएको छ । उता संकटाको भने ८ अंक छ र लिगतालिकाको आठौं स्थानमै रहेको छ ।

Post Comments