News प्रथम प्रवुद्ध कप फुटसल हुने
सुरज राना मगर

बागलुङ । प्रवुद्ध युवा समूह, बागलुङको आयोजनामा भाद्र अन्तिमतिर प्रथम प्रवुद्ध कप खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५ सय तोकिएको छ ।

प्रतियोगिता आउँदो भाद्र ३१ र असोज १ गतेका दिन हुनेछ । रश आवर फुटसल एरिनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २५,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments