News धनुषामा बृहत शान्ति फुटबल प्रतियोगिता हुँदै
सुरज राना मगर

बिरेन्द्रबजार । इन्द्र जात्राको अवसर पारेर वार्षिक रुपमा आयोजना हुँदै आएको बृहत शान्ति फुटबल प्रतियोगिता यहि भाद्र २२ गते बुधबारदेखि शुरु हुने भएको छ ।

संयुक्त युवा परिवार, बिरेन्द्रबार–४, धनुषाको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल गोल्डेन इमिनेन्ट बसन्तपुर चितवन र रोयल स्र्पोटिङ क्लब दमक झापा बीच हुने आयोजकले जनाएको छ ।

संयुक्त युवा परिवार, बिरेन्द्रबजार–४, धनुषाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा आयोजकसहित चितवन, झापा, मोरङ, सुनसरी, बारा, सिन्धुलीका गरि कुल ८ टोलीहरुको सहभागिता रहेको छ । बिरेन्द्रबजार–४ धनुषा स्थित श्री राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल भने भाद्र २९ गतेका दिन हुनेछ ।

 

Post Comments