News दोस्रो दि फार्मा कप हुँदै
सुरज राना मगर

बुटवल । स्वास्थ्य पेशामा आवद्ध दि फार्मा टिम, बुटवलको आयोजनामा दोस्रो दि फार्मा कप फुटसल प्रतियोगिता यहि असोज ८ गते शनिबारका दिन हुने भएको छ ।

बुटवल स्थित ग्रीनफिल्ड फुटसल मैदानमा हुने एक दिने प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक प्रयोग राईले जानकारी दिए । शुभ दशैंको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगितामा स्वास्थ्य पेशामा आवद्ध टिमहरुले मात्र सहभागिता जनाउने संयोजक राईले बताए ।

फुटसलको माध्यमबाट दशैंको शुभकामना आदानप्रदान, स्वस्थ प्रतिस्पर्धा र भाईचाराको सन्देश दिने उद्देश्य आफूहरुको रहेको आयोजक क्लब कै प्रचार प्रसार संयोजक प्रदिप योञ्जनले बताए । प्रतियोगिता आयोजनाले स्वास्थ्य पेशामा व्यस्त रहेर पनि बचेको केही समय खेलकुदमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट सदुपयोग हुने योञ्जनले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रयोग राईले बताए ।

Post Comments