News दोस्रो मकैसिङ कप शुरु, अन्नपुर्णको विजयी शुरुवात
गोलनेपाल

गोरखा । मकैसिंङ युथ क्लब, मकैसिङ, गोरखाको आयोजनामा यहि असोज २२ गतेदेखि शुरु दोस्रो मकैसिङ कप खुला नकआउट फुटबल प्रतियोगितामा अन्नपुर्ण युथ क्लबले विजयी शुरुवात गरेको छ ।

गण्डकी गाउँपालिका–१, मकैसिङ स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा अन्नपुर्णले श्री चण्डेश्वरी संयुक्त क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

विजयादशी तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच गण्डकी गाउँपालिकाका अध्यक्ष तोपमान गुरुङले गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष समिन श्रेष्ठले जानकारी दिए ।

चार दिने प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Post Comments