News एपिएफसँग कर्णाली प्रदेश निरीह
गोलनेपाल

वालिङ । राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ स्वर्णको दावेदार मानिएको एपिएफ फुटबल क्लबले लगातार दोस्रो जित हात पार्ने क्रममा कर्णाली प्रदेशमाथि १६–० को फराकिलो जित निकालेको छ ।

वालिङ मैदानमा सम्पन्न खेलमा एपिएफएका लागि साबित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् । सरु लिम्बुले पनि ह्याट्रिक गरिन् । अनिता केसी, गीता रानाले समान २–२ गोल गरे । त्यस्तै प्रिती राई, सबिता राना, रबिना गौले र मनमाया लिम्बुले पनि १–१ गोल गरे ।

स्मरण रहोस, प्रतियोगिता अन्तरगत समूह सी मा रहेको एपिएफले शुक्रबार मात्र आफ्नो पहिलो खेलमा प्रदेश नम्बर १ लाई ७–१ ले हराएको थियो ।

Post Comments