News दिक्तेल र बाक्सिला सेमिफाइनलमा
गोलनेपाल

सोल्मा । दिक्तेल वार्ड नम्बर १ र बाक्सिला ४ यहाँ जारी खोटाङ जिल्लाव्यापी तेस्रो वार्डस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वाटरफाइनलमा दिक्तेलले हलेसी बाहुनिडाँडालाई टाईब्रेकरमा ५–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ दिक्तेलका लागि रोजन खत्रीले गोल गरेका थिए भने हलेसी बाहुनिडाँडाका लागि डिकेन्स राईले गोल गरेका थिए । खेलमा दिक्तेलका अमिर मगर म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा बाक्सिलाले दिक्तेल ३ लाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । बाक्सिलाका लागि प्रविन्द्र राईले दुई गोल गरे भने दिक्तेल ३ का लागि हरि खवासले एक मात्र गोल गरेका थिए । खेलमा बाक्सिलाका प्रविन्द्र राई म्यान अफ द म्याच घोषित भए ।

Post Comments