News साविक विजेता हरमटारी गोर्खाली कपको फाइनलमा
गोलनेपाल

गोर्खा । साविक विजेता तथा आयोजक समेत रहेको हरमटारी क्लब यहाँ जारी सातौं गोर्खाली रनिङ्ग कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ हरमटारीले पृथ्वी युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

हरमटारी रंगशालामा भएको खेलको शुरुवाततर्फ पाँचौं मिनट मै सन्दिप रानाले गरेको एक मात्र गोल आयोजकलाई फाइनलमा पुर्याउन प्रर्याप्त र निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच भने हरमटारी कै लक्ष्मन थापा घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन १२ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल सतीपिपल क्लब र खोपलाङ्ग एफसीबीच हुने आयोजकले जानकारी दियो ।

हरमटारी क्लब, गोरखाको आयोजनामा जारी जिल्ला कै सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही फागुन १३ गतेका दिन हुनेछ ।

Post Comments