News लिगमा आजः चर्च ब्वाईजलाई एनआरटीको चुनौति, शिर्षता कायम राख्ने लक्ष्यमा सातदोबाटो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार पनि दुई खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा हुने खेलमा न्युरोडटिम (एनआरटी) र चर्च ब्वाईज क्लब भिड्दै छन् ।

शिर्ष डिभिजनमा बढुवासँगै राम्रो प्रदर्शन गरिरहेको चर्च ब्वाईज ५ खेलमा ११ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा छ । उता २ अंक मात्र जोडेको एनआरटी रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ र आज पहिलो जितको खोजीमा हुनेछ ।

त्यस्तै एन्फा कम्प्लेक्स्मा सातदोबाटो र जावलाखेल भिड्दै छन् । यस सिजन उत्कृष्ट लयमा देखिएको सातदोबाटो ५ खेलबाट १२ अंकका साथ शिर्ष स्थानमा छ । र आफ्नो शिर्षतालाई यथावत राख्ने योजनामा हुनेछ । उता १० अंकका साथ चौथो स्थानमा रहेको जावलाखेल पनि शिर्ष तीनमा पर्दै उपाधि होडमा आफूलाई पनि उभ्याउने दाउमा हुनेछ ।

आज हुने दुवै खेलहरु दिनको २ बजेदेखि शुरु हुने छन् ।

Post Comments