News नयाँ भूमिकामा बिष्णुको आगमन
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा छोटो समयमै राम्रो पहिचान र उपलब्धी हासिल गर्न सफल युवा फुटबल प्रशिक्षक बिष्णु गुरुङ अहिले नयाँ जिम्मेवारीमा देखिएका छन् । फुटबल खेलाडी हँदै पछिल्लो समय प्रशिक्षकका रुपमा समेत आफूलाई अभ्यस्त बनाउँदै लगेका गुरुङ ए डिभिजन लिगमा नवप्रवेशी टोली एफसी खुमलटारको प्राविधिक निर्देशकमा नियुक्त भएका छन् ।

संयोग कस्तो भन्दा उनले आफ्नो नयाँ जिम्मेवारीको शुरुवात आफ्नै पूर्व क्लब संकटा विरुद्ध गरे । ए डिभिजन लिगतर्फ सोमबार खुमलटारले संकटासँग ०–१ को हार बेहोर्दा बिष्णु खुमलटारका लागि टचलाईनमा थिए । स्मरण रहोस, बिष्णुले गत सिजन संकटा कै प्रशिक्षकीय जिम्मेवारी निभाएका थिए ।

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका रुपमा समेत काम गरिसकेका बिष्णु एएफसी ए लाईसेन्स प्रशिक्षक समेत हुन् । उनी दोस्रो संस्करणको नेपाल सुपर लिगतर्फ बिराटनगर सिटी एफसीको मुख्य प्रशिक्षकमा समेत नियुक्त भएका थिए । यद्यपि सुपर लिग अहिलेसम्म आयोजना हुने टुंगो भने लागेको छैन ।

 

Post Comments