News संकटाले भित्रायो लेबनानी फरवार्ड
गोलनेपाल

काठमाडौं । यस सिजन लिग उपाधि जित्ने योजनाका साथ राम्रा खेलाडीहरुलाई अनुवन्ध गरिरहेको संकटाले आफ्नो स्क्वाडमा लेबनानी फरवार्ड युसेफ अट्रिसलाई पनि अनुबन्ध गरेको छ । उनलाई अनुवन्ध गरेको कुरा संकटाले आफ्नो सामाजिक सञ्जालमार्फत समेत घोषणा गरेको छ ।

सम्भवत उनलाई यसै सिजनका लागि अनुवन्ध गरिएको हो । यद्यपि दुवै पक्षबीच भएको सम्झौता अवधी र पारिश्रमिकबारे भने खुलाइएको छैन । युसेफले संकटाका लागि ९९ नम्बरको जर्सी लगाउने छन् । लेबनानको राष्ट्रिय युथ टोलीबाट समेत खेलिसकेका युसेफले आई लिगमा राजस्थान युनाइटेडका लागि पनि खेलेका थिए ।

आफ्नो दुई महत्वपूर्ण खेलाडी सुनिल बल र सरोज दहाल बिदेशिएपछि उनीहरुकै स्थानमा युसेफको आगमनले क्लबलाई केही राहत भने मिल्ने विश्वास गरिएको छ । स्मरण रहोस, क्लबमा मनिष डाँगी, आयुष घलान, सुरज जिउ ठकुरी जस्ता चर्चित खेलाडीहरु पनि आवद्ध छन् । लिगमा हाल छैठौं चरणको खेल खेलिसकेको संकटा ६ खेलबाट २ जित, ३ बराबरी र एक हारसहित कुल ९ अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ ।

Post Comments