News आयोजक सलहेशलाई शहिद हेम नारायण गोल्डकपको उपाधि
गोलनेपाल

सिरहा । शहिद हेम नारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सलहेश युवा क्लब, सिरहाले नै जितेको छ । फाइनलमा बिरगंज युनाईटेडलाई शून्यका विरुद्ध २ गोलले हराउँदै सलहेश च्याम्पियन बनेको हो ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको उपाधि भिडन्तमा सलहेशका लागि स्काबा र भिष्म क्षेत्रीले एक–एक गोल गरे ।

विजेता बनेको सलहेशले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्यो भने उपविजेता बिरगंजले १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

मनोज प्रधान प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिए । सागर चौधरी सर्वाधिक गोलकर्ता बन्दा सर्वोत्कृष्ट खेलाडी रबी राखाल घोषित भए । उत्कृष्ट बनेका सबैले नगद र ट्रफी पूाप्त गरे ।

सलहेश युवा क्लब, सिरहाको आयोजना तथा सिरहा नगरपालिकाको विशेष सहयोगमा चैत १५ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments