News बसाह जन्तेढुङ्गा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

जन्तेढुङ्गा । बसाह फुटबल क्लब यहाँ जारी प्रथम जन्तेढुङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बसाहले दोस्रो क्वाटरफाइनलतर्फ हलेसी तुवाचुङ्ग फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलमा बसाहका शक्ति राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजारसहित ट्रफी हात पारे ।

जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments