News भोजपुर सेमिफाइनलमा प्रवेश
गोलनेपाल

जन्तेढुङ्गा । भोजपुर जिल्ला फुटबल संघ यहाँ जारी प्रथम आमन्त्रीत जन्तेढुङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो क्वाटरफाइनलतर्फ भोजपुरले बेलटार एकता फुटबल क्लबलाई हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो ।

टाईब्रेकरमा भने भोजपुरले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा भोजपुरका गोलरक्षक धिरज मगर म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments