News
भगवती स्पोर्टस सेमिफाइनलमा

जन्तेढुङ्गा । रोमाञ्चक जितका साथ भगवती स्पोर्टस क्लब यहाँ जारी जन्तेढुङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको चौथो क्वाटरफाइनलमा भगवती स्पोर्टसले गोलबजार स्पोर्टस क्लबलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
भगवती स्पोर्टसको जितमा सरोज लामा र टिम्बा टिम्बाले गोल गरे । उता पराजित गोलबजारका लागि सुरज पुलामी मगरले एक मात्र गोल गरेका थिए । खेलमा भगवती स्पोर्टसका लागि मिङ्मा तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments