News स्मार्ट भिलेज गोल्डकपको फाइनल कार्यक्रममा चट्याङ पर्दा तीन घाईते
गोलनेपाल

घलेगाउँ । शुक्रबार सम्पन्न छैठौं स्मार्ट भिलेज गोल्डकप आन्त्रित फुटबल प्रतियोगिताको समापन कार्यक्रमा चट्याङ पर्दा खेल हेर्न आएका तीन जना दर्शकहरु घाइते भएका छन् ।

घाइते हुनेहरुमा १५ वर्षिय आकाश घले, १९ वर्षिय चेत कुमारी गुरुङ्ग र ३७ वर्षिय डिल्लीश्वर गुरुङ रहेका छन् । घाइते भएका तीन मध्ये डिल्लीश्वरको अवस्था केही गम्भिर रहेको बताइएको छ ।

स्मरण रहोस, शुक्रबार भएको प्रतियोगिताको फाइनलमा सेन्ट्रल कलेज रडस रामपुर, चितवनलाई हराउँदै बेसिशहर युथ सोसाइटीले उपाधि जित्न सफल भएको थियो ।

पर्यटन व्यवस्थापन समिति, घलेगाउँ, लमजुङको आयोजनामा भएको प्रतियोगिताको विजेता बेसिशहरले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता रडस रामपुरले ३ लाखमा चित्त बुझायो ।

 

Post Comments