News लिगको १२औं चरणमा एपिएफको पाँचौं जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबारदेखि लिगको १२औं चरणको खेलहरु शुरु हुँदा विभागीय टोली एपिएफ फुटबल क्लबले पाँचौं जित दर्ता गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न एक मात्र खेलमा एपिएफले नवप्रवेशी टोली एफसी खुमलटारमाथि शून्यका विरुद्ध २ गोलको जित दर्ता गर्यो । एपिएफको जितमा दुवै गोल विदेशी खेलाडीहरुको नाममा रह्यो ।

खेलको २६औं मिनटमा अब्दु रमानीले विभागीय टोलीका लागि पहिलो गोल गरे भने दोस्रो हाफको ७०औं मिनटमा अर्मान्ड बिडुमले दोस्रो गोल गर्दै टोलीको पाँचौं जित पक्का गरे ।

यो जितपछि १२ खेलबाट १७ अंक जोडेको एपिएफ लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । उता पराजित खुमलटार भने १३ अंकका साथ ११औं स्थानमा छ ।

Post Comments