News लिगमा आज तीन खेलः शिर्षता कै होडमा थ्रीस्टार र जावलाखेल
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको १६औं चरणको खेलतर्फ आज मंगलबार तीन खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा ३ बजेदेखि संकटा र सातदोबाटो भिड्दै छन् । २३ अंकका साथ पाँचौं स्थानमा रहेको सातदोबाटोलाई शिर्ष स्थानको होडमा रहीरहज आज जित आवश्यक छ । उता पछिल्लो केही खेल यता खराब लयमा देखिएको संकटा १७ अंकका साथ ११औं स्थानमा छ र आज आफु अनुकुल नतिजा निकाल्दै लिगतालिकामा स्थान सुधारको प्रयासमा हुनेछ ।

दशरथ रंगशालामा ३ बजेदेखि नै हुने अर्को खेलमा थ्रीस्टार र एनआरटी भिड्दै छन् । २४ अंकका साथ तेस्रो स्थानमा रहेको थ्रीस्टारले आज जित हात पारे, लिगलिडर चर्च ब्वाईजसँगको अंक बराबरी गर्न सफल हुनेछ । अर्कोतिर १७ अंकका साथ १२औं स्थानमा रहेर रेलिगेशन नजिक संघर्ष गरिरहेको एनआरटी पनि सुखद नतिजाको प्रयासमा हुनेछ । र, थ्रीस्टार विरुद्ध बलियो चुनौति पेश गर्ने निश्चित छ ।

दिनको अन्तिमखेलमा साँझ ६ बजेदेखि दशरथ रंगशाला मै हुने अर्को खेलमा जावलाखेल र हिमालयन शेर्पा भिड्ने छन् । २४ अंकका साथ दोस्रो स्थानमा रहेर जावलाखेलले पनि आज जित हात पार्न सके शिर्ष स्थानको टोली चर्च ब्वाईजसँग अंक बराबरी गर्न सफल हुनेछ । र शिर्षताको होडमा आफ्नो दावेदारीतालाई कायम राख्न पनि सफल हुनेछ । उता २० अंकका साथ आठौं स्थानमा रहेको हिमालयन शेर्पा जावलाखेलको त्यो लक्ष्यमा बाधक बन्न सक्नेछ । र शिर्ष तीनमा उक्लिने आफ्नो सम्भावना र लक्ष्यका लागि प्रयासरत रहनेछ ।

Post Comments