News यस्तो छ लिगको शिर्ष ६ मा पर्ने क्लबहरुको पुरस्कार रकम
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग शनिबार आधिकारिक रुपमा समापन भएको छ । शनिबारको समापनसँगै घरेलु लिगले मच्छिन्द्र फुटबल क्लबलाई नयाँ विजेताका रुपमा पायो ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले निर्णायक मानिएको भिडन्तमा त्रिभुवन आमीृ क्लबलाई १–० ले हराउँदै ऐतिहासिक रुपमा पहिलोपटक लिग जित्न सफल भयो । विजेता बनेको मच्छिन्द्रले उपाधिसहित ५० लाख हात पायो ।

यद्यपि लिगमा विजेता बनेको मच्छिन्द्रले मात्र नभएर शिर्ष ६ मा परेका टोलीहरुले पुरस्कार रकम हात पारे । उपविजेता बनेको आर्मीले ३५ लाख हात पार्यो भने तेस्रो स्थान हासिल गरेको मनाङ मस्र्याङ्दी क्लबले २५ लाख आफ्नो पोल्टामा पार्यो ।

त्यस्तै चौथो स्थान हासिल गरेको रुस्लान थ्रीस्टारले १५ लाख हात पार्दा पाँचौं स्थानमा रहेको नेपाल पुलिस क्लबले ७ लाख हात पार्यो । लिगको छैटौं स्थानमा रहेको जावलाखेल युथ क्लबले ५ ललाख हात पार्यो ।

त्यसैगरी विधागततर्फ उत्कृष्ट बनेका खेलाडीहरुले जनही १ लाख ५० हजारका दरले पुरस्कार प्राप्त गरे भने उत्कृष्ट युवा खेलाडीलाई १ लाख प्रदान गरियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा गत मंसिर २८ गतेदेखि शुरु लिगमा काठमाडौंका कुल १४ टोलीहरुको सहभागिता रहेको थियो । यस सिजन सरस्वती युथ क्लब रेलिगेशनमा पर्ने एक मात्र टोली बन्यो ।

 

Post Comments