News तेस्रो गोलबजार मेयर गोल्डकप यसै साता
गोलनेपाल

सिरहा । गोलबजार प्रतिभा संरक्षण क्लब, सिरहाको आयोजनामा यहि फागुन ७ गतेदेखि तेस्रो गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ । आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी समेत पूरा भएको बताएको छ ।

निर्माणाधिन रंगशाला गुरुधाममा हुने प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउँदैछन् । गोलबजार नगरपालिका, सिरहाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा २७ नम्बर वाहिनी अड्डा, चोहर्वा र डाँगीहाट फुटबल क्लब, मोरङ भिड्ने छन् । खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गर्ने प्रतियोगिताको फाइनल खेल भने फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments