News नवौं ओसन कप यु–१३ अन्तर विद्यालय लिग हुने
सुरज राना मगर

दलभञ्ज्याङ । द ओसन क्लब र गोरखा नगरपालिकाको सहकार्यमा गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तरगत आउँदो असोज १३ गतेदेखि नवौं ओसन कप यु–१३ अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

गोरखा–९ दलभञ्ज्याङ स्थित आयोजक द ओसन क्लबको कृत्रिम घाँसे खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता गर्ने अन्तिम मिति भदौ ३१ गतेसम्म तोकिएको आयोजक क्लबका सचिव सबिन खत्रीले बताए ।

कुल १२ विद्यालयका फुटबल टोलीहरुको सहभागिता रहने प्रतियोगिता सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने पनि सचिव खत्रीले जानकारी दिए । साथै खेलहरु प्रत्येक साताको शनिबार र सार्वजनिक विदाका दिन मात्र हुने पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक विद्यालयहरुले मोबाईल नम्बर ९८५६०४०८३५, ९८२९१४२६९१ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

Post Comments