News बाल खेलाडीहरुका लागि युथ सकर क्लिनिक हुने
गोलनेपाल

काठमाडौं । अमेरिकामा रहेका नेपाली समुदायहरुद्वारा स्थापित डालास गुर्खाज क्लबको आयोजनामा बाल खेलाडीहरुलाई फुटबलबारे सिकाउन र आधारभुत ज्ञान दिन युथ सकर क्लिनिक आयोजना हुने भएको छ ।

सकर क्लिनिक यही सेप्टेम्बर ९ देखि १८ नोभेम्बरसम्म प्रत्येक शनिबारको स्थानीय समय बिहान ९ बजेदेखि ११ बजेसम्म हुने क्लबले जनाएको छ । क्लिनिकमा ५ देखि १५ वर्ष उमेर समूहका बाल खेलाडीहरुलाई सहभागिता जनाउन सक्नेछन् ।

साथै सकर क्लिनिकमा सहभागिता जनाउने बाल खेलाडीहरुले त्यसवापत जनही १५० डलर शुल्क बुझाउनु पर्ने पनि क्लबले जानकारी दियो ।

सकर क्लिनिकमा बाल खेलाडीहरुलाई फुटबलबारे प्रशिक्षणसँगै अभ्यास, मैत्रीपूर्ण खेल, प्राविधिक ज्ञान लगायतबा फुटबलसम्बन्धी सबै कुरा सिकाइने पनि क्लबले जनाएको छ ।

Post Comments