News नेमारले तोडे पेलेको रेकर्ड
गोलनेपाल

काठमाडौं । हालै साउदी प्रो लिग क्लब अल हिलालमा आवद्ध भएका ब्राजिलियन सुपरस्टार नेमारले फुटबल लिजेण्ड पेलेको किर्तिमान तोडेका छन् । विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ शनिबार बिहान ब्राजील र बोलिभिया बीचको खेलमा नेमारले उक्त किर्तिमान तोडेका हुन् ।

ब्राजिलियन शहर बेलेममा भएको खेलमा ब्राजिलले बोलिभियालाई ५–१ ले हरायो । खेलमा नेमारले दुई गोल गरे । यो गोलसँगै ३१ वर्षिय नेमार ब्राजिलका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । नेमारको खातामा अब ७९ गोल भएको छ । यसअघि पेलेसँगै उनले ७७ गोलको किर्तिमान बराबरी गरिसकेका थिए ।

खेलमा ब्राजिलका लागि नेमार बाहेक रोड्रिगोले पनि दुई गोल गरे भने थप एक गोल राफिन्हाले गरेका थिए । उता पराजित बोलिभियाका लागि भिक्टर अब्रेगोले एक मात्र गोल फर्काएका थिए ।

Post Comments