News अल स्टार बन्यो यु–१६ युनिटी लिग च्याम्पियन
गोलनेपाल

गोरखा । हिल्ली फिल्डर्स गोरखा एफसी, हरमटारी क्लब, सुर्योदय युवा परिवार र अल स्टार क्लब, गोरखाको संयुक्त आयोजना र सहभागितामा सम्पन्न यु–१६ युनिटी लिग फुटबल प्रतियोगिताको उपाधि अल स्टार क्लबले जितेको छ ।

गोरखकाली रबर उद्योगको खेलमैदानमा भएको निर्णायक भिडन्तमा अल स्टारले हरमटारी क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लिग विजेता बन्न सफल भएको हो । अल स्टारको जितमा अभिषेक थापा मगरले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

विजेता बनेको अल स्टारले उपाधिसहित नगद २० हजार हात पार्यो । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशिला सिम्खडा लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

ओसन स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको प्राविधिक सहयोग र व्यवस्थापनमा गत साउन १३ गतेदेखि शुरु भएको प्रतियोगिता प्रत्येक सप्ताहन्त र सार्वजनिक विदाका दिन आयोजना गरि कुल आठ सातासम्म चलेको थियो ।

Post Comments