News क्लबका लागि फेरि साम्बा बनिन निर्णायक
गोलनेपाल

काठमाडौं । इजायलको शिर्ष महिला लिगमा व्यवसायिक फुटबल खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी आफ्नो क्लब हापोएल रा’नानाका लागि फेरि निर्णायक बनेकी छिन् ।

लिग अन्तरगत बिहीबार राती लिगलिडर हापोएल ेपेटाच तिक्वा विरुद्ध भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेले । यद्यपि खेलमा हापोएल रा’नाना एक गोलले पछि परेको अवस्थामा साबित्राले ६६औं मिनटमा टोलीका लागि निर्णायक र बराबरी गोल फर्काएकी थिईन् ।

खेलमा हापोएल रा’नानाकी गोलरक्षकले पनि एउटा महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीलाई हारबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेकी थिईन् । यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको रा’नाना लिगतालिकाको चौथो स्थानमा छ । त्यस्तै हापोएल पेटाच भने ३ खेलबाट ७ अंकका साथ शिर्ष स्थानमा छ ।

साबित्राको टोली रा’नानाले आफ्नो आगामी खेल अक्टुबर २ तारीखका दिन किर्यात गत विरुद्ध खेल्नेछ ।

Post Comments