News ४२औं तीज मेला तथा आमन्त्रित फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

अन्नपुर्ण । ढिकुरपोखरी युवा सञ्जाल, अन्नपुर्ण–२, कास्कीको आयोजनामा शुक्रबारदेखि ४२औं तीज मेला तथा आमन्त्रित फुटबल प्रतियोगिता शुरु भएको छ ।

ढिकुरपोखरी खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन मालेपाटन युवा क्लब र गन्नी फुटबल क्लबले विजयी शुरुवात गरेका छन् । मालेपाटनले रत्न सेवा समाजलाई ३–२ ले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्यो ।

मालेपाटनको जितमा आर्यन गिरी, सचिन गुरुङ र सुवास बमले गोल गरे । पराजित रत्न सेवा समाजका लागि नखिल तामाङ र सञ्जित छन्त्यालले गोल गरेका थिए ।


त्यस्तै दोस्रो खेलमा गन्नीले माछापुच्छ्रे त्रिशुली युनाइटेड क्लबलाई शून्यका विरुद्ध ४ गोलले हरायो । गन्नीको जितमा सन्दिप रानाले दुई गोल गरे भने अर्जुन गुरुङ र दिपेश आले मगरले एक–एक गोल गरे । यो जितसँगै गन्नी पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

असोज २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ सय हात पार्नेछ भने उपविजेताले १ लाख ७० हजार प्राप्त गर्नेछ ।

(तस्विरः रेडियो हेम्जा)

Post Comments