News पोर्चुगलमा दमौली फुटबल कप हुँदै
गोलनेपाल

काठमाडौं । बडादशैं तथा दीपावलीको अवसर पारी प्रवासी नेपालीहरुबीच भाईचारा र सद्भाव कायम गर्ने उद्देश्यका साथ दमौली फुटबल क्लब, लिस्बोन, पोर्चुगलको आयोजनामा आउँदो अक्टुबर १ तारीखका दिन दमौली फुटबल कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

लिस्बोन स्थित भिक्टोरिया डि क्लबमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक नेपाली क्लबहरुलाई सेप्टेम्बर २५ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५० युरो रहेको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित २,१११ युरो हात पार्नेछ भने उपविजेताले १,१११ युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments