News गोलबजारको विजयी शुरुवात
गोलनेपाल

गोलबजार । आइतबारदेखि शुरु भएको दोस्रो स्व. बोध नारायण यादव स्मृति कपमा प्रभावशाली जितका साथ गोलबजार स्पोर्टस क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा गोलबजारले गाईघाट फुटबल क्लबलाई ४–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

गुरुधाम स्थित गोलबजार स्टेडियममा भएको खेलमा गोलबजारका लागि सुजन पुलामीले दुई गोल गरे भने युवराज लामाले थप एक गोल गरे । त्यस्तै गोलबजारले थप एक गोल भने आत्मघाती गोलका रुपमा पाएको थियो । उता पराजित गाईघाटका लागि दिपेश भुजेलले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा गोलबजारका सुजन पुलामी म्यान अफ द म्याच घोषित भए । यो जितसँगै गोलबजार सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज ८ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल फोर ब्रदर्श उदयपुर र आयोजक आरम्भ स्पोर्टस एकेडेमीबीच हुनेछ ।

आरम्भ स्पोर्टस एकेडेमी, गोलबजार–२, सिराहाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज १४ गतेका दिन हुनेछ ।

Post Comments