News फुटसल पार्कमा खुला फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । हिमालयन टेकअवेको आयोजनामा यही असोज १८ गतेका दिन फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ । बुद्धचोक, स्वयम्भु स्थित फुटसल पार्कमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । साथै विजेता तथा उपविजेता टोलीलाई आकर्षक गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments