News नखिल गुर्खाजलाई चौथो सहदेव मेमोरियल कपको उपाधि
गोलनेपाल

काठमाडौं । ओल्ड मंक्स फुटबल क्लब, युएईको आयोजनामा सम्पन्न चौथो सहदेव मेमोरियल कप नकआउट फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खाज फुटबल क्लबले जितेको छ ।

शारजाह वान्डर्स स्पोर्टस क्लबमा भएको फाइनल भिडन्तमा नखिल गुर्खाजले लालीगुराँस फुटबल क्लबलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद ४००० युएई दिराम हात पार्यो भने उपविजेता लालीगुराँसले २५०० युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

निर कुमार राई प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । अरुन शंकर उत्कृष्ट गोलरक्षक बन्दा सुदिल राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै जय गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिए ।

प्रतियोगितामा युएईमा रहेका प्रवासी नेपाली समुदायहरुको कुल १८ टोलीहरुले सहभागिता जनाएको पनि आयोजकले जानकारी दियो ।

Post Comments